हाम्रा पुर्खा र अग्रजहरुले अवलम्बन गरेको ज्ञान एवं विधिहरु महत्वपूर्ण : सञ्चार मन्त्री गुरुङ

काठमाडौं । हाम्रा पुर्खा र अग्रजहरूले अवलम्बन गरेको ज्ञान एवं विधिहरू महत्त्वपूर्ण÷सञ्चार मन्त्री गुरुङ
काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले योग, आयुर्वेद र प्राकृतिक चिकित्साप्रति आकर्षण बढ्दै गएको बताउनु भएको छ ।
पतञ्जलि योग समिति नेपालको अनलाइन योग चौतारी कार्यक्रममा शनिबार मन्त्री गुरुङले अस्वस्थ व्यक्तिले समाजमा योगदान गर्न नसक्ने भएकाले शारीरिक र मानसिक रूपले स्वस्थ रहनका लागि योग आवश्यक रहेको बताउनुभयो ।
मन्त्री गुरुङले हाम्रा पुर्खा र अग्रजहरूले अवलम्बन गरेको ज्ञान र विधिहरू महत्त्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै त्यसको वैज्ञानिक प्रयोगमा जोडिनुभयो ।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले योगको महत्त्वलाई मुलुकको दूरदराजसम्म पु¥याउन सरकारले आवश्यक सहयोग गर्ने उल्लेख गर्नुभयो ।
पतञ्जलि योग समिति नेपालका प्रमुख लवदेव मिश्रले तनावका कारण शारीरिक एवं मानसिक समस्या हुने भएकाले समग्र तनावको व्यवस्थापनका लागि योग आवश्यक रहेको बताउनुभयो ।
योग चौतारीका संयोजक लवराज भट्टले कोरोना भाइरसका कारण सामूहिक रुपमा योग अभ्यास सम्भव नभएकाले प्रविधिको माध्यमबाट पतञ्जलि योग समिति नेपालले योगलाई जनस्तरसम्म पु¥याउने कार्य गरिरहेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्