तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप दुई जना कोरोना संक्रमितको पुरुषको मृत्यु

नेपालगञ्ज । बाँकेमा उपचाररत दाङका दुई जना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर ९ बनगाउँका ६७ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा राति ११.५० बजे र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवाका ६८ बर्षीय पुरुषको राति १.४० बजे कोहलपुरमै उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

यो संगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके गएका ४६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button