तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनरुप नगरपालिकाका सबै विद्यालय ७ गतेदेखि सञ्चालन हुने

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय आइतबारदेखि खुल्ने भएका छन् ।

स्वास्थ्य मापदण्ड पालना गर्दै मङ्सिर ७ गतेदेखि माध्यमिक तहको कक्षा सञ्चालनको तयारी गरिएको शिक्षा शाखाका ललित नारायण यादवले जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण गत चैत ११ गतेदेखि बन्द रहेका विद्यालय विद्यार्थीलाई भौतिकरूपमै कक्षा कोठामा शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउने गरी खुल्ने भएको नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो ।

विद्यार्थी, शिक्षक, कर्मचारी विद्यालय हाताभित्र प्रवेश गर्दा अनिवार्यरूपमा साबुन पानीले हातधुने, मास्क लगाउने, तापक्रम मापन गर्ने व्यवस्था सम्बन्धित विद्यालयले मिलाउनुपर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button