तनहुँमा फलामे खोरमा प¥यो भाले चितुवा

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको पौवामा चितुवा फलामको खोरमा परेको छ । शनिबार बिहान आँबुखैरेनी–२ स्थित पौवाको बनमा राखिएको फलामे खोरमा चितुवा परेको हो ।
सोहि फलामे खोरमा यसअघि ४ वटा चितुवा परेको र यो पाँचौ भएको सहायक बन अधिकृत सुरेश कुमार भुजेलले बताउनुभयो । उहाँले अगाडि भन्नुभयो ’ जिल्लामा भने खोरमा पर्ने यो दशौँ चितुवा हो ।’

’चितुवा अन्दाजी १२ देखि १३ वर्षको र ४० किलोग्राम जति तौल भएको देखिन्छ ।’ भुजेलले भन्नुभयो ’यो भाले चितुवा हो र यसको जिल्ला बाहिर व्यवस्थापन गर्ने तयारि भईरहेको छ ।’
उक्त चितुवा मान्छे खाने चितुवा हो या होइन त्यो भनेर अहिले नै एकिन हुन नसकेको सहायक बन अधिकृत भुजेलको भनाई छ । तर हेर्दा एकदम आक्रामक देखिने उहाँले बताउनुभयो ।
तनहुँको भानु नगरपालिका हुदै आबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र बन्दिपुर गाउँपालिका क्षेत्रमा चितुवाले पछिल्लो केहि समयअघि आतंक मच्याएको थियो ।








प्रतिक्रिया राख्नुहोस्