प्लाज्मा थेरापी बिधिबाट निको हुनेको दर ६३ प्रतिशत

बाँके । बाँकेमा पछिल्लो समयमा कोरोना संक्रमितको मृत्यु हुने दर बढेको छ । जिल्लामा हालसम्म जिल्ला भित्रका ३७ र जिल्ला बाहिरका ४४ गरी ८१ जना व्यक्तिको कोरोना संक्रमणबाट ज्यान गैसकेको छ ।
अझैपनि नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पताल नेपालगन्जमा गरी ४२ जना कोरोनाका गम्भीर बिरामीहरु उपचाररत रहेको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
अस्पतालहरुले कोरोना संक्रमित भएका गम्भीर बिरामीहरुलाई प्लाज्मा थेरापी बिधिबाट उपचार गर्दै आएका छन् । बाँकेमा हालसम्म प्लाज्मा थेरापी बिधिबाट उपचार पाएका ३१ जना संक्रमितहरु निको भएका छन ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ११ जना र भेरी अस्पताल नेपालगन्जमा उपचाररत ३८ गरी ४९ जना कोरोनाका गम्भीर बिरामीहरुलाई प्लाज्मा थेरापी बिधिबाट उपचार गरिएकोमा ३१ जना निको भएको र १८ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
बाँकेमा प्लाज्मा थेरापी बिधिबाट उपचार गरिएका बिरामीको निको हुनेको दर ६३ प्रतिशत रहेको छ भने, मृत्यु हुनेको दर ३७ प्रतिशत रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्