कोरोना सङक्रमणका कारण पाल्पामा थप एक जना महिलाको मृत्यु

पाल्पा । पाल्पामा कोरोना सङ्क्रमित थप एक महिलाको मृत्यु भएको छ ।
रामपुर नगरपालिका–५ की ५४ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
मृतक महिलालाई मधुमेह र उच्च रक्तचाप भएपछि कात्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो । २० गते मात्र उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसैबीच आज पाल्पामा १५ जना पुरुष र छ जना महिलामा कोरोना सङक्रमण पुष्टि भएको छ ।
माथागढी, बगनासकालीका एक/एक जना, रामपुरका चार जना र तानसेनका १५ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
योँंगै जिल्लामा कुल सङ्क्रमितको संख्या एक हजार चार सय २४ पुगेको छ । जिल्लामा अहिलेसम्म एक हजार एक सय ५५ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।








प्रतिक्रिया राख्नुहोस्