तपाईँ सुन्दै हुनुहुन्छः

विपन्न परिवारका सात सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति वितरण

सोलुखुम्बु । दुर्गम जिल्ला सोलुखुम्बुमा लोरेन नेपालले सात सय ८० विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

वर्षेनी वितरण गर्दै आएको छात्रवृत्ति यो बर्ष पनि कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा सावधानीका उपायहरु आत्मसाथ गर्दै छात्रवृत्ति वितरण गरिरहेको हो ।

हिमालयन विकास संस्थाको अगुवाईमा वितरण भइरहेको छात्रवृत्ति सोलुदूधकुण्ड नगरपालिकाका विभिन्न विद्यालयहरुमा धमाधम वितरण भइरहेको बताइएको छ ।

सोलुदूधकुण्ड नगरपालिका–२ स्थित बेनी आधारभुत विद्यालय र बुद्ध एकेडेमी तुम्बुकका अभिभावक तथा विद्यार्थीलले छात्रावृत्ति रकमले पढाइमा सजिलो भएको बताएका छन् । बेनी आधारभूत विद्यालयमा २५ र बुद्ध एकेडेमीमा ७० विद्यार्थीलले रकम पाएका विद्यालयले जनाएको छ ।

कोरोना महामारीलाई लक्षित गर्दै विद्यार्थीलाई छात्रवृत्तिको साथमा मास्क, साबुन र रुमाल समेत वितरण गरिएको छ ।

शिक्षकलाई फेस शिल्ड समेत प्रदान गरिएको छ । दुर्गममा आर्थिक अवस्था कमजोर भएका अभिभावक धेरै हुने भएकाले सहज रुपमा शिक्षा आर्जनका लागि छात्रवृत्ति प्रदान गरिएको लोरेन नेपालका प्रबन्धक निमा शेर्पाले बताउनुभयो ।

लोरेन नेपालले नगरपालिकाका दर्जन बढी विद्यालय तथा जिल्लाका बासा खास्ताव, काँकु, नेले, सल्लेरी, च्याल्सा, तामाखानी, बेनी लगायतका स्थानका गरिब विद्यार्थीलाई छात्रवृत्ति प्राप्त गर्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button