तपाईँ सुन्दै हुनुहुन्छः

वडाध्यक्ष रोकाया रुखमा झुण्डिएको अवस्थामा मृत फेला

कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण बहादुर रोकाया रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । ५५ वर्षीय रोकायाको शव सोही वडा स्थित किसान मध्यवर्ती वन भित्र रुखमा झुण्डिएको अवस्थामा शुक्रबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

घर भन्दा करीब एक किलोमिटर टाढाको जंगलमा झुन्डिएको अवस्थामा वडाध्यक्ष रोकायाको शव फेला परेको र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button