बाँकेमा थप १६ जना कोरोना संक्रमित निको भई डिष्चार्ज
नेपालगञ्ज । बाँकेमा आज थप १६ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । १३ जना पुरुष र ८ महिला डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
यो संगै कोरोनाबाट निको हुनेको संख्या ३ हजार ४ सय ३० पुगेको छ । बाँकेमा कोरोना निको हुने दर ९४.०८ प्रतिशत छ । अब बाँकेमा आइसोलेसनमा १ सय ७९ जना छन् । हालसम्म ३ हजार ६ सय ४६ जनामा कोरोना पुष्टि हुँदा बाँकेका ३७ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्