भन्सार छली भित्राइएका समान भन्सार दाखिला
बारा । तिहार सुुरु भएसँगै बारा प्रहरीले पक्राउ गरेको ४८ लाख ६१ हजार मुल्य बराबरकोे मालसमान भन्सार दाखिला गरको छ ।
इलाका प्रहरी कार्यालय जितपुर र सिम्रौनगढ बारा समेतबाट खटिएको प्रहरी टोलीले सो मुल्य बराबरको मालसमान भन्सार दाखिला गरेको हो ।
जिल्लाको विभिन्न स्थानमा भारतबाट भन्सार छली चोरी पैठारी नेपाल भित्राएको थान तथा रेडिमेड कपडा, किराना मालसामान , मालसामान ओसार पसार गर्न प्रयोग गरिएको कार एक थान र मोटरसाइकल एक थान बरामद गरेको बारा प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
बरामद मालसामान , संलग्न सवारी साधन र दुई जना मानिसहरू समेत पक्राउ गरी भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्