कञ्चनपुरमा थप सात जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज
कञ्चनपुर । कञ्चनपुर जिल्लामा आज थप सात जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज भएर घर फर्केका छन् ।
महाकाली प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका ७२ जना कोरोना पोजेटिभ मध्ये थप सात जना निको भएर डिस्चार्ज भएपछि जिल्लामा अब ६५ जना मात्र कोरोना सक्रिय व्यक्ति रहेका जनस्वास्थ्य कार्यालय कञ्चनपुरका कोरोना फोकल पर्सन शिवदत्त जोशीले बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्