सोलुखुम्बुमा एक जना कोरोना सङ्क्रमित ७५ वर्षीय वृद्धको मृत्यु
सोलुखुम्बु । सोलुखुम्बुमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
थुलुङ दूधकोशी गाउँपालिका–४ जुबु ज्यामिरेका ७५ वर्षीय एक वृद्धको बिहीबार बिहान कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।
कार्तिक ३० गते बिरामी भएका उनलाई विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा गरिएको कोरोना परीक्षणमा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
केही दिन अघि मात्रै गाउँ आउनुभएका व्यक्तिको कोरोनाका कारण मृत्यु भएसँगै थुलुङ दूधकोशी गाउँपालिका–४ जुबुलाई सिल गरिएको छ ।
मृतकको सम्पर्कमा रहेकाको पहिचान गरी स्वाब सङ्कलन गर्ने तयारी गरिएको वडाध्यक्ष नातिकाजी गुरुङले जानकारी दिनुभयो ।
सुनसरीको तरहरा बस्दै आउनुभएका वृद्ध गत कात्तिक २८ गते जुबु आउनुभएको पारिवारिक स्रोतले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्