बाँकेमा कोरोनाबाट थप २ जनाको मृत्यु
नेपालगन्ज। बाँकेमा उपचाररत दाङका दुई जना कोरोना संक्रमित पुरुषको आज विहान मृत्युु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का ५६ वर्षीय पुरुषको विहान २.२० बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुर र तुलसीपुर ६ बरुवागाउँका ८१ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा आज विहान साढे ३ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । यो संगै बाँकेमा उपचारका लागि गएका बाहिरी जिल्लाका ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्