पाल्पामा थप एकजना कोरोना सङक्रमितको मृत्यु
पाल्पा । पाल्पामा बुधवार थप एक जना कोरोना सङक्रमितको मृत्यु भएको छ ।
बगनासकाली गाउँपालिका ६ की ५१ वर्षीया महिलाको उपचारको क्रममा युसिएमएस भैरहवामा निधन भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
यससँगै पाल्पामा कोरोनाका कारण निधन हुनेको संख्या १८ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
बुधबार जिल्लामा थप १९ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ भने ५ जना निको भएका छन । थपिएका १९ जनामा १३ जना महिला र ६ जना पुरुष रहेका छन् ।






प्रतिक्रिया राख्नुहोस्