कोरोना सङ्क्रमणबाट रुपन्देहीमा थप एकजनाको मृत्यु

रुपन्देही । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल ७ का एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
गत कार्तिक २६ गतेदेखि उपचाररत बुटवल उपमहानगरपालिका ७ का ४० वर्षीय पुरुषको आज बिहान साढे ८ बजे मृत्यु भएको हो ।
कार्तिक २६ गते स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उहाँमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकै दिनबाट कोरोना विशेष अस्पतालमा भर्ना भई उपचाररत उहाँको बिहान ८ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिनुभएको छ ।
आज मृत्यु भएसँगै रुपन्देहीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८९ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्