झापाको कमलमा आगलागी हुँदा एक बालिकाको मृत्यु
झापा । झापाको कमलमा आगलागीमा परेर एक बालिकाको मृत्यु भएको छ ।
कमल गाउँपालिका वडा नम्बर २ निवासी राम बहादुर परियारको घरमा हिजो राती ९ बजे आगलागी हुँदा ७ वर्षिय छोरी निरुता परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यलय दमकका प्रमुख बिजयराज पण्डितले जानकारी दिनुभयो ।
तिहारमा बाल्ने झिलिमिली बत्तीको लाईन सर्ट भएर आगलागी भएको बताईएको छ ।
आगलागीका कारण घरमा भएको अन्नपात तथा लत्ताकपडा जलेर नष्ट भएका छन् । यसका साथै भाईटिका लगत्तै विदेश उड्नका लागी जोहो गरेको १ लाख रुपैँया सहित ९ लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्