मन्त्री साहद्वारा कैदी बन्दीलाई मास्क, साबुन र मिठाई वितरण
सप्तरी । सप्तरीको राजविराजस्थित कारागारमा रहेका कैदी बन्दीलाई प्रदेश २ को सामाजिक विकास मन्त्री नवल किशोर साहले आज साबुन, मास्क र मिठाई वितरण गर्नु भएको छ ।
तिहारको अवसरमा राजबिराज कारागारमा रहेका कैदीबन्दीहरुको लागि ७ सय ७५ वटा लाइफवाई साबुन, एक हजार थान सर्जिकल मास्क र ३ साय ६३ थान मिठाईको प्याकेट समेत वितरण गरेको मन्त्री साहको स्वकीय सचिव राजकुमार यादवले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्