जुवातास खेलिरहेको अवस्थामा एक लाख ४० हजारसहित १० जना पक्राउ

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा आइतबार राति १० जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कंचनपुरको टोलीले आइतबार राति २ बजेको समयमा विशाल टेन्ट हाउस कंचनपुरमा तास खेल्दै गर्दा एक लाख ४० हजार ६ सय ३० रुपैयाँ सहित १० जनालाई पक्राउ गरेको हो ।
पक्राउपर्नेमा कञ्चनरुप नगरपालिका वडा नं. ८ का ४० वर्र्षीय बिरेन्द्र प्रसाद गुप्ता, कञ्चनरुप ८ मा माछा फारम संचालनगर्ने ३९ वर्र्षीय बिनोद कुमार यादव, ६८ वर्र्षीय भरत प्रसाद गुप्ता,जीवन प्रसाद गुप्ता, वडा नं. ४ का राजेन्द्र ठाकुर, ४८ वर्र्षीय भागवत साह,जयन्द्र बिक्रम साह,संजिबकुमार साह र भारत जिल्ला सुपौल ग्राम पञ्चायत भिमनगर–१० बस्ने सन्तोष गुप्ता रहेको ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
घटनास्थलबाट १० थान मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्