मेलम्चीबाट ४ लाख २८ हजार नगदसहित २६ जना पक्राउ
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबाट जुवातास खेलिरहेको अवस्थामा २६ जनालाई पक्राउ गरिएको छ ।
४ लाख २८ हजार नगद सहित मेलम्ची नगरपालिकाको दुईवटा वडाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
मेलम्ची नगरपालिका वडा नम्बर ८ मा रहेको चुलनाथ गिरीको घरबाट जुवा खेलिरहेको अवस्थामा नगद रु १ लाख ४ हजार ५ सय ८५ रुपैयाँसहित छ जनालाई नियन्त्रणमा लिएको हो ।
त्यसैगरी, मेलम्ची नगरपालिका वडा नम्बर ५ सिन्धुकोट मा रहेको लोकबहादुर रायमाझीको घरमा अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा नगद रु ३ लाख २३ हजार ३ सय ४५ सहित २० जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।
तामाङको कमाण्डमा खटिएको टोलीले ३२ थान कौडासहित ५ बुक तास पनि बरामद गरिएको छ ।
चाडबाडको समयमा जुवातास नखेल्ने, होहल्ला नगर्ने, भीडभाड नगर्ने भनेर सार्वजनिक सूचना जारी गर्दा समेत त्यसलाई बेवास्ता गरी जूवा तास खेलेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक तामाङले बताउनुभयो ।
पक्राउ परेकाहरूमाथि जुवासम्बन्धी कसुर अन्तरगत अनुसन्धान भईरहेको तामाङले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्