४ किलो ८ सय ९० ग्राम चरेशसहित २ पक्राउ
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले आज नेपाल भारत सिमा रहेको मितेरी पुल नजिकैबाट शरिरमा लुकाई लैजान लागेको अवस्थामा ४ किलो ८ सय ९० ग्राम अवैध लागु औषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी गस्ती टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मितेरीपुल नजिकैको सडक खण्डबाट भारततर्फ जाँदै गरेका दुई जनालाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी २८ वर्षीय अभिषेक श्रीवास्तव र वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ बस्ने २३ वर्षीय धिरज पटेल रहेको पन्तले बताउनु भयो ।
बरामद गरिएको ४ किलो ८ सय ९० ग्राम चरेशसहित अभियुक्तहरुलाई थप कारवाहीका लागि प्रहरी हिरासतमा राखिएको प्रहरी उपरिक्षक पन्तले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्