नेकपाका स्थानीय नेता महराको भीरबाट लडेर मृत्यु
बैतडी । बैतडीका नेकपा युवा नेता अरुण महराको भीरबाट लडेर मृत्यु भएको छ । अनेरास्वबियुका पुर्व जिल्ला उपाध्यक्ष तथा जगन्नाथ बहुमुखी क्याम्पसका पुर्व स्ववियु सभापति समेत रहेका नेता महराको हिजो साँझ मृत्यु भएको हो ।
साँझ ५ बजे स्थानिय बजारबाट घर जाने क्रममा खुर्रा भिरबाट लडेर गम्भीर घाइते भएका ३२ वर्षीय महराको अस्पताल लैजाने क्रममा मृत्यु भएको देगडाकेदार २ का नेकपा अध्यक्ष काशीसिंह विष्टले बताउनुभयो ।
दोगडाकेदार २ का स्थायी बासिन्दा रहेका महराका श्रीमती र १ छोरा रहेका छन् । युवानेता महराको निधनप्रति नेकपाका नेता, कार्यकर्ता तथा सुभचिन्तकले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्