तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा मंसिरमै हिमपात,चिसाे बढ्याे

जुम्ला । जुम्लामा  यस वर्ष मंसिरमै हिमपात भएको छ । सामान्य रुपमा पुस महिनाको दोस्रो साताबाट हिमपात हुने जुम्लामा यसपालि मंसिरमै हिउँ परेको हो । आइतबार साँझबाट मौसम खराबी भएको जुम्लामा मङ्सिर १ गते राति साढे ३ बजेबाट बर्षा सँगै हिमपात हुन सुरु भएको हो ।

मंसिरमै हिउँ परेपछि जुम्लामा अत्यधिक चिसो बढेको छ । कोरोनाले गर्दा रौनक हराएको यस वर्षको तिहारलाई मौसमैले पनि साथ नदिँदा चिसोमा तिहार मनाउँदा रमाइलो नभएको तातोपानी २ का स्थानीय महिला मायादेवी दमाईले बताउनु भयो ।

उहाँले भन्नू भयो, ‘जुम्लाका किसानलाई मङ्सिर मा जाई रोप्ने चटारो हुन्छ । मङ्सिरमा हिउँ परेको इतिहास छैन । तर यस वर्ष हिउँ पर्यो । अब मंसिरमै भएको हिमपातले जुम्लाको कृषि उत्पादनमा वृद्धि र किसानलाई फलिफाप गर्ने होकि, घाटा गर्ने हो थाहा छैन ।’

उहाँले थपिन, ‘भाइलाई टीका लगाउन जान दुई महिनाअघिदेखि तयारी गरेको र हिमपात हुँदा लेक काटेर जान सकिने अवस्था भएन ।’ वर्षदिनको तिहारमा पनि यसवर्षको हिमपातले टीका लगाउन नपाएकोमा उनले दुःख व्यक्त गरिन्।
उनीजस्तै जुम्लाका धेरैलाई हिमपातले तिहार खल्लो महसुस भएको छ । भौगोलिक रुपमा विकट बस्तीहरूमा एक गाउँबाट अर्को गाउँ पुग्न, २र३ लेक काट्नु पर्ने, एक दिन हिँड्नु पर्ने अवस्था छ । त्यस्तो विकटतामा हिउँ पर्दा हिँड्ने असहज हुने भएपछि तिहार निकै नरमाइलो भएको स्थानीय कोईर्या बुढाले बताइन् ।

यसपालि भाइटिकाकै दिन भारी हिमपात भएपछि टिका पनि प्रभावित भएको छ । तातोपानी २ का लोक बहादुर दमाईले भन्नू भयो,‘एक गाउँदेखि अर्को गाउँ टीका लगाउन तयारी गरेका बैलाइ हिमपातले असर गरेको छ । वर्षको एक दिन आउने तिहारलाई हिमपातले नरमाइलो बनायो ।’
अहिले कुनै बाली लगाई नसकेका गर्दा खास्सै मंसिरमै भएको हिमपातले कृषि उत्पादनमा टेवा नपुराउने कृषि विज्ञको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button