तपाईँ सुन्दै हुनुहुन्छः

आगलागी बाट ४ लाख बराबरको धनमाल जलेर नष्ट

फाइल तस्बिर


राजविराज ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ विसनपुरमा गए राति आगलागी हुँदा ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

आलागीबाट एक युवक समेत जलेर घाइते भएका छन् । अरुणकुमार मण्डलको गोठमा बालिएको घुरबाट आगो सल्केर आगलागी भएको हो ।

मध्य राति आगलागी हुँदा घरमा सुतिरहेका ४२ वर्षीय मण्डलको पिठ्यु र दाहिने हात जलेको छ । जलेर घाइते मण्डलको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

सो आगलगाीमा परी गोठ पूर्णरुपमा जलेको छ ,भने गोठमा रहेका गाई र बाछा, बाख्रा र २ वटा खसी जलेर घाइते भएका छन् ।

आगलागी स्थानीयबासिन्दा र प्रहरीको सहयोगको नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button