बारामा जुवा खेल्ने १२ जना व्यक्ति पक्राउ

बारा । बारा प्रहरीले १२ जना जुुवाडेहरुलाई पक्राउँ गरेको छ । बिशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय कोल्हबीबाट गएको प्रहरीको टोलीले करैयामाई गाउँपालिका .वडा नं.१ जब्दी टोलबाट १२ जनालाई पक्राउँ गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुुभयो ।
कुखुरा पालन गर्ने खोरमा जुवा कौडा खेलिरहेको अवस्थामा प्रहरी निरीक्षक शेखर कुमार साहको कमाण्डमा खटिएको प्रहरी टोलीले जुवा खालबाट नगद रु.१ लाख १७ हजार र १६ थान कौडा समेत बरामद गरेको बारा प्रहरी प्रवक्ता मिश्रले बताउनुुभयो । पक्राउँ परेकाहरुलाई नियन्त्रणमा लिई थप अनुुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्