ढेड लाख बढीका पटाका नष्ट
कपिलवस्तु । कपिलवस्तुका विभिन्न नाकामा तिहारलाई लक्षित गरी भित्राइएका ढेड लाख बढी मूल्यका पटाका बरामद गरिएको छ ।
सिमा क्षेत्रमा रहेका प्रहरी युनिटले चेकजाचका क्रममा सो पटाका बरामद गरेको हो । लुकिछिपी विभिन्न नाकाबाट भित्राइएका पटाका बरामद गरिएको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।
६७ हजारको झिरझिरे, ३० हजारको भुईचम्पा, आतिजबाजी ३१ हजार, आलु बम २१ हजार गरी कुल ढेड लाख बढी मूल्यका पटाका बरामद गरिएको थियो ।
बरामद पटाकालाई तौलिहवास्थित जिल्ला प्रहरी कार्यालयको परिसरमा पत्रकार सम्मलेनपछि गाडेर नष्ट गरिएको थियो । बढी नाफा पाउने भएकाले व्यापारीहरुले विशेष गरी तिहारको समयमा चोर नाकाबाट पटाका भित्राउने गरेका छन ।
यसैबीच कपिलवस्तुको महाराजगंज नगरपालिकाको हर्दौना बिओपी पोस्टले २० हजार मुल्यको पटाका बरामद गरेको छ । बरामद गरेको पटाका पत्रकारहरुको राहोबरमा गाडेर नष्ट गरिएको बिओपीको प्रहरी निरीक्षक अशोक अधिकारीले बताए ।








प्रतिक्रिया राख्नुहोस्