पाँचथरमा देउसी भैलोमा रोक
पाँचथर । कोभिड–१९ कोरोना भाइरसको संक्रमण बृद्धी हुदै गएपछि पाँचथर जिल्लामा प्रशासनले शुभ दिपावली तथा छैठको अवसरमा परापुर्व कालदेखि सामुहिक संस्कृतिको रुपमा खेलिदै आएको देउसी भैलो, नाचगान, खेलकुुद मनोरञ्जनका सबै क्रियाकलापलाई रोक लगाउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पाँचथरमा हालै बसेको सर्वपक्षीय भेलाले सामुहिक रुपमा हुने मनोरञ्जनका कार्यक्रम, मठ मन्दिर, माङहिम, चर्च जस्ता सार्वजनिक रुपमा हुने नृत्य, पुजा, दर्शन जस्ता क्रियाकलापले कोरोना संक्रमणको सम्भावना वृद्धि हुने भएकोले सो रोक लगाइएको र यदि निर्णय उलंघन गरेमा संक्रमण रोग ऐन २०२० अनुसार कारवाही हुने सूचना गरिएको छ ।
पाँचथर जिल्लाको सदरमुकाम फिदिम, मिक्लाजुङ गाउँपालिकामा कोरोना संक्रमितको संख्या उच्च रुपमा वृद्धि भइरहेको छ । जिल्लामा हालसम्म तीन दर्जन भन्दा बढी संक्रमितको संख्या रहेको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्