बाँकेमा थप ३१ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज
नेपालगन्ज । बाँकेमा आज ३१ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १५ पुरुष र १६ महिला छन् ।
योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ३ हजार २ सय ६९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
आइसोलेसनमा २ सय ४३ जना छन् । बाँकेमा हालसम्म ३ हजार ५ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्