तपाईँ सुन्दै हुनुहुन्छः

परिवार नचलेमा कृषि धरासायी हुन्छः मन्त्री भुषाल

भैरहवा । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले कृषिले परिवार नचलेमा कृषि धरासायी हुने बताउनु भएको छ ।

जेसीआई सिद्धार्थ नेपालको पुरस्कार वितरण तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री भुषालले कृषिमा मान्छे अडिनका लागि एउटा परिवारमा ३० देखि ३२ हजार रुपैयाँ भित्रिनुपर्ने बताउनुभयो ।

मन्त्री भुषालले कृषिको नीतिगत सुधारमा लागेको उल्लेख गर्नुहुँदै कृषि टिकाउनका लागि आफू लागेको र यसको परिणाम केही वर्षमा देखिने उहाँले बताउनुभयो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीका लागि मात्रै जहाज जाने नभइ उत्पादन गरेका सामानहरु निर्यात गरेमा मात्र त्यस क्षेत्रका उद्योगहरु टिक्ने मन्त्री भुषालको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button