तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ सय नाघ्यो

काठमाडौं । आज थप ३ हजार ५ सय ३७ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

यो संगै नेपालमा हालसम्म भाइरस संक्रमण मुक्त हुनेको कूल संख्या १ लाख ६८ हाजर १ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुनेको दर ८१ दशमलव ४७ प्रतिशत रहेको छ ।

आज देश भर गरी ३७ हजार २२ जना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी कोरोना भाइरसबाट आज थप २ हजार १ सय ११ जना संक्रमित भएका छन् ।

नेपालमा हाल सम्म २ लाख ६ हाजर ३ सय ५३ जना कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।

यस्तै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय नाघेको छ ।

आज थप १३ जनाको मृत्यु भएपछि मृतकको कूल संख्या १ हजार २ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button