बरामद गरिएका लागु औषध र विस्फोटकजन्य पदार्थ नष्ट
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न समयमा बरामद गरिएको लागु औषध र विस्फोटकजन्य पदार्थ नष्ट गरेको छ ।
बरामद गरिएको लागु औषध, कटान गरिएको गाँजा, हातहतियार र घरेलु मदिरा समेत पत्रकार सम्मेलन गरी नष्ट गरिएको हो ।
प्रहरीले सीमा क्षेत्रमा बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न थालेको अभियान अन्तरगत लागु औषध, गाँजा फडानी, हातहतियार नियन्त्रण, राजस्व छलि, आतिसबाजीका समानहरु, राजस्व, घरेलु मदिरा सहितमा निगरानी बढाएकाले बरामद गरिएको समानहरु एकीकृत रुपमा नष्ट गरिएको प्रहरी उपरीक्षक कमल थापाले बताउनुभयो ।
बैशाख २४ गते यता १५ प्रकारका लागु औषधको दुई हजार ६ सय ५३ एम्पुल, ३ सय ८३ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर, १२ हजार ९ सय ८३ क्यापसुल, १२ हजार ६७ टयाबलेट, १ हजार ८ सय ९ बोतल डायलेक्स डिसी र २ बोतल फेन्सीडिल बरामद गरेको थापाले जानकारी दिनुभयो ।
प्रहरीले बरामद गरेको लागु औषधमा ६० थान मुद्दा चलाएकोमा ९३ जनालाई नियन्त्रणमा लिई लागु औषध ओसार पोसार ऐन अन्तरगत कारवाही गरेको थापाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्