छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध सहित २ जना पक्राउ
काठमाडौं । पर्सा, वीरगञ्ज महानगरपालिका–१५ बसपार्कबाट नियन्त्रित लागूऔषध १० बोतल विनसिरेक्स र १ सय ५० पिस नाईट्राभेट सहित सोही महानगरपालिका–१३ मुर्ली बस्ने १९ वर्षीञ अली अख्तर मियाँ मन्सुरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा अलिको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका–१४ बैरिया घाटबाट नियन्त्रित लागूऔषध २ एमएलका २० पिस फेनारगन, २० पिस डाईजेल्याब र २० पिस लेजिसिक सहित उदयपुर चौरन्डीगढी नगरपालिका–७ बेल्टार बस्ने ३२ वर्षीय रोशन राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३० प ४८११ नम्बरको स्कुटरलाई जाँच गर्नेक्रममा स्कुटरका चालक रोशनको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्