तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा एक नवजात शिशुको नदीबाट उद्वार

सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिका ५ जाँजरस्थित खडक नदीमा आज एक नवजात शिशुको टाउको आधा गाडेको अवस्थामा जीवित फेला परेको छ ।

स्थानीयहरुले शिशुबारे जानकारी पाए लगते प्रहरीलाई खबर गरी जनप्रतिनिधि र प्रहरी मिलेर उद्धार गरी उपचारको लागि राजविराज स्थित गजेन्द्रनरायण सिंह अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय बोदेबर्साईनका प्रहरी नायव निरीक्षक अयोधिशरण यादवले जानकारी दिनुभयो ।

शिशु कसले नदीमा फालेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button