तपाईँ सुन्दै हुनुहुन्छः

थप २१११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर आज थप दुई हजार एक सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप दुई हजार एक सय ११  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो  । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख छ हजार तीन सय ५३ पुगेको छ ।

त्यस्तै  देशभरका संस्थागत तथा होम आइसोलेसनबाट आज तीन हजार पाँच सय ३७ जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या एक लाख ६८ हजार एक सय २९ जना रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक हजार दुई सय २ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button