खोलाको छेउमा नवजात शिशु जिउदै गाडिएको अवस्थामा फेला

सप्तरी । सप्तरीमा खोलाको छेउमा नवजात शिशु जिउदै गाडिएको अवस्थामा फेला परेको छ ।
बोदे बर्साइन नगरपालिका वडा नम्बर–५ स्थित एक नवजात शिशु जिउदै गाडिएको अवस्थामा फेला परेको हो । बर्साइन बजारको जाँजर स्थित रहेको खडक खोलाको छेउमा खेलिरहेका स्थानिय यूवाहरुले बच्चा जिउदै गाडिएको देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
इलाका प्रहरी कार्यालय बोदेवरसाइनबाट खटिएको प्रहरी टोलीले शिशुलाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा राखिएको जनाएको छ ।
गाडिएको बच्चा २४ घण्टाभित्रै जन्मिएको इलाका स्वास्थ्य चौकी बोदे बर्साइन प्रमुख एयुर राइनले जानकारी दिनुभयो । बच्चालाई बिहानतिर गाडिएको हुन सक्ने अनुमान गरिएको छ ।
बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको र थप उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाईएको जनाइएको छ । शिशु कसले नदीमा फालेको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्