तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रतिष्ठानलाई थप दुई भेन्टिलेटर उपलब्ध


जुम्ला – नेपाल सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई दुईवटा भेटिलेटर उपलब्ध गराईएको छ । नेपाल सरकार स्वास्थ्य सेवा विभागले प्रतिष्ठानलाई दुईवटा भेन्टिलेटर उपलब्ध गराएको प्रतिष्ठानका अधिकृत अमृत भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्य सेवा विभागले दुईवटा पोर्टल भेन्टिलेटर उपलब्ध गराएको छ । यसैगरी सरकारले दुई भेन्टिलेटर थपेपछि थप सजिलो भएको प्रतिष्ठानका निर्देशक डाक्टर मंगलले जानकारी दिनुभयो ।

प्रतिष्ठानमा १० वटा आईसोलेशन र ६ वटा भेन्टिलेटर थिए । अव मन्त्रालयले दुईवटा थपेपछि ८ वटा भेन्टिलेटर भएका छन् । यसैगरी नेपाल सरकार स्वास्थ्य विभागले अन्य थप दुई भेन्टिलेटर एक केही दिनपछि प्रतिष्ठानलाई उपलब्ध गराउने भएको निर्देशक रावलले थप्नुभयो ।
अव लक्ष्यण सहितका विरामीहरु बढ्ने भएपछि भेन्टिलेटर आवश्यक हुने भन्दै यस अघि जिल्ला विपत व्यवस्थापन समितिको वैठकले समेत जिल्लामा भेन्टिलेटरका लागि माग गर्ने निर्णय गरेको थियो ।

अहिले सम्म कोरोनाका विरामी भेन्टिलेटरमा राख्नु नपरेको प्रतिष्ठानले जनाएको छ । तर आईसोलेशनमा रहेका विरामीलाई जाँच गर्दा दुईजनामा कोरोना देखिएको प्रतिष्ठानले जनाएको छ । भेन्टिलेटर बढ्ने बित्तिकै केही ढुक्क हुने भएको प्रतिष्ठानले जनाएको हो । जुम्लामा अहिले सम्म तीन सय ७९ जनालाई कोरोना संक्रमण भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय धेरै जसो होम हाईसोलेशनमा बस्ने गरेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णालीभरी अहिले विशेषज्ञ डाक्टर पठाएर वा विभिन्न प्रकारका कार्यक्रमहरु गरेर कोरोना रोकथामका बिषयमा काम गर्दै आएको छ । प्रतिष्ठानले कर्णालीभरी हवाई वा पैदल मेडिकल गरेर समेत भारत र तेस्रो मुलुकबाट आएका र संकास्पत व्यक्तिको स्वाव संकलन गरि परीक्षण समेत गरेको छ । प्रतिष्ठानले पछिल्लो समय बुधवार सम्म २७ हजार चार सय ७० जनाको कोरोना परीक्षण गरेको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button