मिथिलामा धनतेरस मनाइँदै
महोत्तरी – यमपञ्चकको पहिलो दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा धनतेरस मनाइँदैछ ।
कात्तिक कृष्ण त्रयोदशी तिथिको सायंकालमा घरमा लक्ष्मी स्थापना गरी मनाइने परम्पराको धनतेरस पर्व प्रदेश–२ का मिथिला क्षेत्रमा पर्ने सबैजसो जिल्लामा आज साँझ लक्ष्मीको पूजाराधना गरी दीपावली पर्व शुरु गर्न लागिएको हो । साँझ कात्तिक कृष्ण त्रयोदशी पर्ने र यो तिथि रातभरी रहने भएको हुँदा धनतेरस आज मनाइन लागिएको हो ।
धातुका नयाँ समान जोडेर लक्ष्मी स्थापना गरिएका ठाउँमा रातभरी उज्यालो प्रकाश बालेर धनतेरस मनाउने मैथिल परम्परा छ ।
त्रयोदशीकै दिन कागपूजा गरिने परम्परा भएपनि यो भने सूर्योदयको त्रयोदशीमा गरिने हुँदा भोलि शुक्रबारलाई उल्लेख भएको मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का पं. महेशकुमार झाले बताउनुभयो । रासस






प्रतिक्रिया राख्नुहोस्