पर्सा, बारा र मकवानपुरमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि

बीरगंज । बीरगन्जस्थित नारायणी अस्पतालमा गरिएकोे पिसिआर परीक्षणका क्रममा पर्सा, बारा र मकवानपुरका गरी थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
बारा र पर्साको विभिन्न स्थानबाट संकलन गरी ल्याइएको ५३ जनाको स्वाब परिक्षण गर्दा पर्साका आठ, बाराका एक र हेटौँडा मकवानपुरका एक जना गरी थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।
पर्सामा सङ्क्रमण पुष्टि भएकाहरु सबै बीरगंजकै रहेका छन् । बीरगंज महानगरपालिका वडा नम्बर १० का दुई जनामा सङ्क्रमण पुष्टि भएको छ भने वडा नम्बर २, ४, ८, १५ र १६ का एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा. चौरसियाले जानकारी दिनुभयो ।
त्यस्तै रौतहटको माधव नारायण नगरपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।
त्यसैगरी बाराको जितपुर सिमरा उप–महानगरपालिका वडा नम्बर १ का एक जनामा सङ्क्रमण पुष्टि भएको डा. चौरसियाले बताउनुभयो ।
सङ्क्रमण पुष्टि भएकाहरु २० देखि ५२ वर्ष उमेर समुहका रहेका छन् भने उनीहरुको सिटि भ्यालु २१ देखि ३४ सम्म रहेको डाक्टर चौरसियाले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्