तपाईँ सुन्दै हुनुहुन्छः

गाँउपालिकाका कर्मचारीहरुले चाडबाडको बैला पनि तलब खान नपाएको गुनासो

सप्तरी । सप्तरीको छिन्नमस्ता गाँउपालिका अन्र्तगत काम गर्ने सम्पुर्ण कर्मचारीहरुले विगत ४ महिना देखी तलब खान नपाएको गुनासो गेका छन ।

गत साउन, भदौ, असोज, कार्तिक र दशै खर्च बापत पाउने एक महिनाको थप तलब भत्ता चाडबाडको बेला पनि खान नपाएको गुनासो गरेको छन । विगतमा गाँउपालिकामा भएका खर्चको हिसाब किताबमा अनियमितता भएका, समयमा गाउँसभा गर्न नसक्नु र आर्थिक वर्षको लागि कामकाज गर्ने अख्तियारी नपाएकोले गर्दा नै कर्मचारीहरुले तलब भत्ता खान नपाएको गाँउपालिकाका एक अधिकृत महेश शर्माले जानकारी दिएका हुन ।

त्यसै गरी गाँउपालिका गठन भए देखी अहिले सम्म ६ वटा प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएको र वर्तमानमा पनि प्रमुख प्रशासकीय अधिकृत नभएकोले पनि उक्त समस्या भएको शमाले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button