टीकापुर नगरपालिकालाई ६ लाख ७८ हजार बराबरको भिटीएम किट हस्तान्तरण
टीकापुर कैलाली । सेवक नेपाल टीकापुर शाखाले टीकापुर नगरपालिकालाई तीन हजार तीन सय ९० सेट भिटीएम किट हस्तान्तरण गरेको छ ।
कोइकाको आर्थिक सहयोगमा सेवक नेपालले आज पिसीआर जाँचका लागि स्वाब सङ्कलन गर्न प्रयोग हुने ६ लाख ७८ हजार बराबरको उक्त परिणामको भिटीएम किट हस्तान्तरण गरेको हो ।
सेवक नेपालले कोरोना रोकथामका लागि विभिन्न किसिमका स्वास्थ्य सामाग्री स्थानीय तहलाई सहयोग गर्दै आएको भए पनि यो भिटीएम किट भने पहिलो पटक सहयोग गरेको सेवक नेपालका टीकापुर शाखाका परियोजना व्यवस्थापक भिमबहादुर साउदले जानकारी दिनुभयो ।
किट बुझ्दै टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले पिसीआर जाँच गर्न स्वाब सङ्कलनका लागि भिटीएम किटको अभाव भइरहेको समयमा सेवक नेपालले ठुलो परिणाममा भिटीएम किट उपलब्ध गराउँदा नगरपालिकालाई स्वाब सङ्कलनमा सहयोग पुग्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्