तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा कोरोना संक्रमित ८६ लाख नाघे, ८० लाख ६६ हजार संक्रमणमुक्त

file photo

नयाँदिल्ली– भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ४७ हजार ९०५ जना रहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यो सहित भारतमा कूल संक्रमितको संख्या ८६ लाख ८३ हजार पुगेको छ । विगत २४ घण्टाको अवधिमा ५५० जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ । भारतमा यो सहित कूल मृत्यु हुनेको संख्या १ लाख २८ हजार १२१ पुगेको छ ।

कोरोना संक्रमितमध्ये निको हुने दर निकै राम्रो रहेको भारतमा हालसम्म ८० लाख ६६ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । भारतमा अझै पनि सक्रिय संक्रमितको संख्या ४ लाख ८९ हजार २९४ रहेको छ । विगत २४ घण्टामा ५ हजार ३६३ जना कोभिड–१९ को संक्रमणबाट मुक्त भएका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार देशभर १२ करोड २० लाखको हाराहारीमा कोरोनाको नमूना परीक्षण गरिएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्री डा हर्ष वद्र्धनले भारतको कोरोनाभाइरस संक्रमण नियन्त्रण र उपचारमा भारतको ठूलो जनसंख्यालाई ध्यानमा राखेर निकै सक्रियता र सचेतता अपनाइएको बताउनु भएको छ ।

उहाँले बुधबार महाराष्ट्र, उत्तराखण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, मेघालय र गोवाका मुख्यमन्त्रीहरु, स्वास्थ्य मन्त्रीहरु र प्रमुख सचिवहरुसँग कोरोना रोकथाम, उपचार र नियन्त्रणका बारेमा विचारविमर्श गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button