पूर्व भूमिसुधार मन्त्री गौतमको निधन

तनहुँ । पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री एवं जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार भिमप्रसाद गौतमको निधन भएको छ ।
बिहीबार राति २ः३० बजे आफ्नै निवासमा पुर्वमन्त्रि गौतमको निधन भएको हो । विगत केही समयदेखि बिरामी पर्नुभएका गौतमको निमोनियाको उपचार भइरहेको थियो ।
सामान्य अवस्थामा फर्किएपछि घरमै उपचार गराइरहनु भएका गौतमको बिहीबार निधन भएको हो ।
पूर्व मन्त्री तथा कम्युनिष्ट आन्दोलनको नेता एवं तनहुँ जिल्लाको किसानहरूको प्रिय नेताका रूपमा परिचित गौतम जनता समाजवादी पार्टीका केन्द्रीय नेता रहनु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्