हुलाक सेवालाई युग सुहाउँदो बनाउन जरुरीः सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हुलाक सेवालाई युग सुहाउँदो बनाउन जरुरी रहेको बताउनु भएको छ ।
सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज आयोजित हुलाक सेवा विभागका पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले हुलाक सेवालाई बदलिँदो परिवेश अनुसार अघि बढाउन नयाँ सोचका साथ अघि बढनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।
उहाँले हुलाक सेवालाई विश्वसनीय र भरपर्दो बनाउन सरोकारवाला पक्षहरुसँग आवश्यक छलफल गरी अघि बढने स्पष्ट पार्नुभयो ।
उहाँले हुलाक सेवाको महत्व विकसित मुलुकहरुमा झनै हुने गरेको उल्लेख गर्नुहुदै यसको सेवालाई छिटो, छरितो र भरपर्दो बनाउन हुलाक सेवा विभागलाई निर्देशन दिनुभयो ।
मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले हुलाक सेवालाई सुदृढ बनाउने गरी अघि बढन हुलाक सेवा विभागलाई आग्रह गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्