चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु
चितवन । चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २ का ५५ बर्षीय पुरुष रहेका छन । अस्पतालका अनुसार उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या भई कात्तिक २० गते अस्पताल भर्ना भएका उनको २१ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
कोभिड आइसियु कक्षमा उपचाररत उनको आज मध्यान्ह १२ बजे मृत्यु भएको अस्पतालका संचार संयोजक हरि बोहोराले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्