तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणबाट बच्न व्यक्तिगत सरसफाइमा जोड

कञ्चनपुर । कोरोना लगायतका विभिन्न रोगबाट बाँच्नका लागि सरसफाइमा सरोकारवालाले जोड दिइएका छन् ।

निड्स नेपालले आज भीमदत्त नगरपालिकामा आयोजना गरेको नगरस्तरिय समन्वय बैठकमा सरोकारवालाले सरसफाइमा जोड दिएका हुन् ।

कोरोना रोकथामका लागि निड्सले ल्याएको स्वच्छताका लागि व्यवहारिक परिर्वतन कार्यक्रमबाट सरसफाइमा बढि जोड दिइएको छ ।

निड्स नेपाल एचबिसीसी परियोजना संयोजक प्रयागराज रेग्मीले कोरोनाबाट बाँच्नका लागि सबैभन्दा पहिला, आमा घर परिवार, समाज लगायत सबै मानिसलाई सरसफाइमा उत्प्रेरित गरिररहेका बताउनु भएको छ ।

संयोजक रेग्मीले भीमदत्त नगरपालिका क्षेत्रका २, ९, १०, ११, १२, १८, १९, १९ , भीमदत्त नगरपालिका, झोलुङ्गेपुल, गड्डाचौकी सार्वजनिकस्थलमा धातधुने ट्याङकी जडान गरिएको बताउनु भएको छ । उहांले कोरोना रोकथामका लागि स्थानीय तहसँग साझेदारीमा कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।

कार्यक्रममा स्वच्छताका लागि व्यवहारिक परिर्वतन(एचबिसी)का स्वास्थ्य अधिकृत प्रतिता भट्टले कार्यपत्र प्रस्तुत गर्दै कोरोनाबाट बाँच्नका लागि आमाको हातको जाँदु भएकाले सरसफाइमा मुख्य आमा भएको बताउनुभयो ।

कार्यक्रमबाट चार हजार नागरिक लाभान्वित हुने लक्ष्य राखेको छ । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले कोरोना जित्न र कोरोनाबाट धरासायी बनेको अर्थतन्त्र सामाजिक जिवन उकास्नका लागि उत्पादनका क्षेत्रमा लगानी आवश्यक रहेको औल्याउनुभयो ।

भीमदत्त नगरका जनप्रतिनिधीले समन्वयबाट प्रभावकारी कार्यक्रम सञ्चालनमा जोडदिएका छन् ।

निड्स नेपालका अध्यक्ष अञ्जु जोशी(भट्ट)ले स्थानीय तह, सरोकारवालासँग समन्वय गरेर अघि बढिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button