तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिकाले निःशुल्कै  काटिदियो किसानको धान  

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले किसानलाई सहुलियत दिने उद्देश्यका साथ मङ्गलवारदेखि निःशुल्क रूपमा धानबालीको कटान सुरु गरेको छ ।
धान काट्ने जनशक्ति नपाइने भएकोले किसानहरूले समस्या भोग्दै आएका थिए । धान काट्ने रिपर मेसिनमार्फत गाउँपालिकाले धानबालीको कटान गर्न थालेपछि किसानहरू खुसी भएका छन् ।
धान काट्ने जनशक्ति नपाइरहेको यस्तो अवस्थामा गाउँपालिकाले सबै किसानको धान निःशुल्क काटी दिने निर्णय गरेपछि किसानहरूसमेत हर्षित देखिएका छन् ।
कोरोना भाइरस (कोभिड १९) को महामारीको कारण धान काट्ने जनशक्ति नपाएको र पाकी सकेको धान बाली समेत खेतमै झरेर नोक्सानी हुन सक्ने भएकोले किसानहरूलाई सहयोग गर्नका लागि धान बाली निःशुल्क काटिदिने निर्णय गरेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बताउनु भयो ।
मंगलबारदेखि चार वटा मेसिन लगाई वडा नं. ६ को मधेपुराबाट धानबालीको कटान थालिएको हो । गाउँपालिकाले चार वटा ट्याक्टर र चार वटा रिपर मेसिन खरिद गरी धानबालीको कटान सुरु गरेको गाउँपालिकाका अध्यक्ष सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button