तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाद्वारा नेपाली सेनालाई Raft Boats तथा Mistral Rafts हस्तान्तरण

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपाली सेनालाई ६ वटा Raft Boats र ४ वटा Mistral Rafts  सहयोग स्वरूप हस्तान्तरण गरेको छ । मङ्गलवार गौचरस्थित सेनाको ब्यारेकमा एक कार्यक्रम गरी सो सामाग्री हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ ।
अमेरिकाका सैनिक सहचारी LTC John Matt Sova  र ODC Chief Maj. Michael P. White द्वारा नेपाली सेनाका महासेनानी राजेन्द्र मणि गिरीलाई उक्त सामान हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ ।
उक्त सामाग्रीहरू बाढी तथा डुबान जस्ता जल उत्पन्न विपद्का समयमा उद्धार तथा राहतको कार्यमा बहुउपयोगी हुने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button