तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकामा १४२० जना  कोरोना सङ्क्रमित फेला, थप २२ सङ्क्रमितको मृत्यु

काठमाडौँ । आज काठमाडौँ उपत्यकामा एक हजार ४ सय २० सहित देशभर २ हजार ७ सय ३६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ९ सय ६० जनामा पीसीआर परीक्षण गर्दा एक हजार ५९ जना महिला र १ हजार ६ सय ७७ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँमा एक हजार एक सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा एक सय ९३ सहित काठमाडौँ उपत्यकामा एक हजार ४ सय २० जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना भाइरसबाट आज प्रदेश १ मा २ सय ५३ जना, प्रदेश २ मा ९८, बागमति प्रदेशमा एक हजार ७ सय ८८, गण्डकी प्रदेशमा २ सय ९, लुम्बिनी प्रदेशमा २ सय ७९, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा ९६ जना संक्रमित भएका छन् ।
यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या एक लाख ९९ हजार ७ सय ६० पुगेको छ ।
यस्तै कोरोना भाइरसका सक्रिय सङ्क्रमितमध्ये २९ हजार ७ सय ३४ जना होम आइसोलेसनमा छन् भने गम्भीर लक्षण देखिएका ४ सय ४ जनाको आई.सी.यु र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आज ८ सय ५३ जना कोरोना भाईरस सङ्क्रमणबाट मुक्त भएसँगै हालसम्म सङ्क्रमणबाट निको हुनेको सङ्ख्या एक लाख ६० हजार ५ सय ७७ पुगेको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप २२ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार एक सय ४८ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button