बारामा सवारी दुर्घटना: दुईजनाको मृत्यु, एक गम्भीर घाइते
वीरगञ्ज । बारामा भएको छुटाछुट्टै सवारी दुर्घटनामा दुईजना युवकको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
आज बिहान १ बजे बारा पचरौता नगरपालिका वडा नम्बर ९ स्थित नहरको बाटोमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरको नम्बर नखुलेको मोटरसाइकल दुर्घटनामा परेको थियो । अनियन्त्रित भई मोटरसाइकल तियर खोलामा खस्दा मोटरसाईकलका चालक रौतहट मनहर्वा बस्ने २८ वर्षीय मायाराम महतोको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर ९ कञ्चनपुरस्थित ससुरालीबाट सिम्रौनगढ जाँदै गरेको उनी घर नपुगेपछि खोजी गर्न जाँदा विहान तियर खोलामा शव भेटिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, गएराति ११ बजे बाराको पिपराबाट तेतरियातर्फ जाँदै गरेको ना २२ प ६८५४ नम्बरको मोटरसाइकल करैयामाई गाउँपलिका वडा नम्बर ५ तेतरियास्थित पक्की पुलमा ठक्कर खाई खोलामा खस्दा मोटर साईकलमा सवार बाराको करैयामाई गाउँपालिका वडा नम्बर ३ गालोपटीका २२ वर्षीय सन्देश साह तेली र वडा नम्बर ३ बजनीका २३ वर्षीय अरमान हवारी गम्भिर घाइते भएकोमा उपचारको लागि कलैया ल्याउदै गर्दा सन्देश साह तेलीको मृत्यु भएको र अर्का गम्भिर घाइते अरमान हवारीको एलएस न्युरो अस्पताल बीरगंजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय वाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्