तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा बजार अनुगमन जारी

पाल्पा । पाल्पामा पछिल्लो समय बजार अनुगमनले निरन्तरता पाएको छ । सदरमुकाम तानसेन तथा ग्रामिण भेगमा समेत बजार अनुगमन थालिएको छ ।

पाल्पाको माथागढी गाउँपालिकाले पनि बजार अनुगमन गरेकोे छ । गाउँपालिकाको बजार अनुगमन समितिबाट माथागढी गाउँपालिकाको वडा नम्बर १ चिदीपानि, वडा नम्बर २ रूप्से र वडा नम्बर ४ झडेवाका ७० वटा पसलहरू अनुगमन गरेको छ ।

बजार अनुगमनको क्रममा साइनबोर्ड नराखेको, पसल दर्ता नगरेको, मुल्य सूची नराखेको केही स्थानमा म्याद गुज्रिएको सामान विक्रि वितरण गरेको पाइएको छ ।

बजार अनुगमनबाट म्याद नाघेका विभिन्न किसिमका खाद्य तथा अन्य उपभोग्य वस्तुहरु सरोकारवालाको रोहवरमा जलाई नष्ट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले जानकारी दिनुभयो ।

अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका निमित्त प्रमुख नरेश श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय पाल्पाका टेक बहादुर घर्ति, उधोग वाणिज्य संघ पाल्पाका वालकृष्ण बस्याल, गाँउपालिकाका छैठौं अधिकृत नारायण प्रसाद न्यौपाने, गाँउपालिकाका आर्थिक समिति संयोजक तारा रसाइली, माथा प्रहरी चौकीका प्रहरी हवलदार कृष्ण सिंजाली र आर्यभञ्जयाङ् प्रहरी चौकीका प्रहरी हवलदार शिवलाल वि.सि लगायतको समेत उपस्थिती रहेको थियो ।

मापडण्ड पुरा नगरेका पसललाई सचेत गराइएको र फेरी पनि गल्ती गरेमा कानून बमोजिम कारवाही गर्ने गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button