तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा देउसी–भैलो खेल्न नपाईने

विष्णु खनाल, पाल्पा । पाल्पामा यस वर्ष तिहारमा देउसी–भैला खेल्न नपाइने भएको छ ।

नजिकिदैँ गरेको दीपावली, छठ, नेपाल सम्वत लगायतका पर्वमा भिडभाड हुने हुदा कोरोना सङ्क्रमण फैलाउन सक्ने हुदा देउसी–भैला नखेल्न प्रशासनले अनुरोध गरेको हो ।

मंगलबार प्रशासनले जारी गरेको विज्ञप्तिमा जुवा तास नखेल्न र भुइचम्पा, आतासबाजी, पटेका पड्काउने लगायतका क्रियाकलाप समेत नगर्न समेत आग्रह गरेको छ ।

यसको व्यापार, ओसारपोसार तथा विस्फोटक पदार्थ समेत प्रयोग नगर्न प्रशासनले पाल्पाका नागरिकमा अनुरोध गरेको हो । नियम उल्लंघन गरे कानुनअनुसार कारबाही हुने पाल्पा प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button